नियम १८३
मालसामान खरिद सम्बन्धी पेश्की
(१) मालसामान खरिद गर्नु पर्दा यस नियमावली
बमोजिमको रीत पु¥याई त्यस्ता मालसामान खरिद गर्नु पर्नेछ । त्यसरी खरिद गर्दा
सोझै सम्बन्धित फर्म वा बिक्रेतालाई भुक्तानी दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मालसामान उपलब्ध गर्न नसकिने भई त्यस्तो
मालसामान उपलब्ध गर्न कर्मचारीलाई पेश्की दिई पठाउनु पर्ने हुन आएमा पेश्की
दिनु परेको कारण खोली अधिकार प्राप्त अधिकारीको स्वीकृतिमा पेश्की दिन
सकिनेछ ।
(३) उपनियम (२) बमोजिम मालसामान खरिद गर्न पेश्की रकम बुझी लिने
कर्मचारीले मालसामान खरिद गरी सम्बन्धित स्थानीय निकायमा फर्केको बढीमा सात
दिनभित्र सो पेश्की रकम फछ्र्यौट गर्न मालसामान सहित बील भरपाई पेश गर्नु
पर्नेछ ।
(४) यस नियम बमोजिम मालसामान खरिद गर्न आÇनो कर्मचारीलाई पेश्की
दिई पठाउनु पर्ने भएमा साधारणतया अधिकारप्राप्त अधिकारी र आर्थिक प्रशासन
शाखा प्रमुख लाई पेश्की दिई पठाउनु हु“दैन ।